राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं !  आज साेमबार राष्ट्रियसभाको बैठक बस्दैछ। बैठक आज बिहान ११ बजेबा नयाँ बानेश्वरस्थित संसद भवनमा सुरु हुनेछ।

बैठकमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन, २०७९/८० पेस, सम्पती शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस् शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल र पारित गर्ने कार्यसूची रहेको छ।