प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं ! संघीय संसदअन्तर्गत मंगलबार प्रतिनिधिसभाको बैठक बस्दैछ। बैठक आज दिउँसो १ बजे बस्नेछ।

आजकाे बैठकमा विद्युत विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ।

यसैगरी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक, २०८० पेस गर्ने कार्यसूची पनि रहेको छ।