दुबै सदनको बैठक बस्दै

काठमाडौं !  संघीय संसदअन्तर्गत बिहीबार दुवै सदनको बैठक बस्दैछ। जसअनुसार राष्ट्रियसभाको बैठक आज दिउँसो साढे २ बजे बस्नेछ भने प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजेबाट सुरु हुनेछ।

सदनको बैठकमा सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानसभा अध्यक्ष, पूर्वसभामुख एवं प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *