प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं !  संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक बिहीबार बस्दैछ। बैठक आज दिउँसो १ बजेबाट सुरु हुनेछ।

आजकाे बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेकाे छ।

यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय महिला आयोगको १५ औं वार्षिक प्रतिवेदन (२०७८ श्रावणदेखि आषाढ मसान्तसम्म) पेस गर्ने कार्यसूची रहेकाे संघीय सचिवालयले जनाएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *