प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौँ !  संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै मंगलबार बस्दैछ । संसद् सचिवालयका अनुसार बैठक बिहान ११ बजे बस्न लागेको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूची रहेको छ । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ५६ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूची तय गरिएको हो ।

त्यस्तै, आज ‘कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *