काठमाडौ ! संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक बिहीबार बस्दै छ।
बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज दिउँसो १ बजे बोलाइएको छ।
संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोग नेपालको पन्ध्रौँ वार्षिक प्रतिवेदन २०७७/७८ तथा सोह्रौँ प्रतिवेदन २०७८/७९ पेस गर्नेछन्।