प्रतिनिधि सभाको बैठक बस्दै : आजबाट सदनको अवरोध हट्ने

काठमाडौं ! प्रतिनिधिसभाको बैठक मंगलबार बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो २ बजे बस्ने उक्त बैठकमा आज भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध हट्ने जनाएको छ।

विमानस्थल सुन प्रकरणका कारण निरन्तर संसद् अवरोध गर्दै आएको एमालेले आजबाट कुनै अवरोध नगर्ने ‍पार्टी सचेतक महेश बर्तौलाले बताए।

उनका अनुसार सोमबार राति प्रधानमन्त्री कार्यालयमा बसेको राष्ट्रिय मान्यताप्राप्त दलहरूको संयुक्त बैठकमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने सरकार तयार भएपछि एमालेले संसद बैठक सञ्चालन गर्न दिन तयार भएको हो।

एमालेले उक्त सुन प्रकरणका कारण निरन्तर रुपमा प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुवै सदन अवरोध गर्दै आएको छ। अब भने प्रतिनिधिसँगै राष्ट्रियसभाको अवरोध समेत हट्ने भएको छ। राष्ट्रिय सभा बैठक आज दिउँसो १:०१ बजे बस्दैछ।

नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गरेर संघीय संसद्‌का दुवै सदनमा अवरोध पुर्‍याउँदै आएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *