प्रतिनिधि सभाको आजको बैठक स्थगित : अर्को बैठक भदौ ५ गते बस्ने

काठमाडौं ! आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।  बैठक दिउँसो १ बजेका लागि बोलाइएको थियो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको बैठकमा अवरोध गर्ने भएपछि भदौ ५ गते ३ बजे बस्ने गरी स्थगित गरिएको हो ।  नेकपा एमालेले सुन प्रकरणको छानबिन गर्न समिति गठन गर्नुपर्ने माग राख्दै संसद् अवरुद्ध गर्दै आएको छ ।

आइतबार बिहान संसद्को अवरोध हटाउन सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । तर, सत्तापक्ष र प्रतिपक्षले अडान नछोड्दा सहमति जुट्न सकेको थिएन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *