प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं ! प्रतिनिधि सभा बैठक बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने तय भएको संसद् सचिवालयले जनाएको छ  ।

६० किलो सुन बरामद प्रकरणको अनुसन्धानका लागि उच्च स्तरीय समिति गठनको माग गर्दै एमालेले साउन १० गतेदेखि निरन्तर संसद् अवरुद्ध गर्दै आएको छ । सरकारको बेवास्ताका कारण एमालेको अवरोध भएर साउन १० पछि बैठक नियमित कार्यसूचीमा प्रवेश गर्नै पाएको छैन ।  आजको बैठक पनि एमालेले अवरोध गर्ने सम्भावना कायमै छ । उच्चस्तरीय छानबिन समिति बनाउन सरकार उदासिन देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *