सुनकाण्डमा उच्चस्तरीय छानबिन समिति नबनाएसम्म संसद चल्न नदिने एमालेको अडान : संसद भदौ ३ गतेसम्म स्थगन

काठमाडौं ! सुन बरामद प्रकरणको छानबिन गर्न उच्च स्तरीय समिति बनाउन माग गरेको एमालेले आजपनि संसदमा आफ्नो अडान कायम राखेको छ।

आजसम्म सरकार सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन टसमस नभएकाले एमालेले पनि आफ्नो अडान कायम राखेको हो। संसद सुचारु भएपछि एमाले सांसद मानवीर राईले एमालेको तर्फबाट आफ्नो धारणा राखेका थिए,उनले सुनकाण्डमा उच्चस्तरीय छानबिन समिति आवश्यक रहेको सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए।उनले सरकारले उच्चस्तरीय छानबिन समिति नबनाउँदासम्म सदन अघि बढ्न नसक्ने अडान राखे। उनले बोलेपछि सभामुख घिमिरेले नियमित एजेन्डामा प्रवेश गर्न खोजेपनि एमालेले आफ्नो माग पूरा नभै सदन अघि बढ्न नसक्ने भन्दै नाराबाजी गरेपछि सभामुखले आगामी भदौ ३ गते सम्मलाई सदन स्थगन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *