प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं ! संघीय संसदअन्तर्गत सोमबार प्रतिनिधिसभाको बैठक बस्दैछ। बैठक आज दिउँसो १ बजेबाट सुरु हुनेछ।

बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइने कार्यसूचीमा उल्लेख छ।

सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २४८ को उपनियम ३ को प्रयोजनका लागि प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी निलम्वन भएको जानकारी गराउने, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (१) को प्रयोजनको लागि प्रतिनिधिसभा सदस्य डा. सुनिल शर्मा पक्राउ परेकाे र थुनामुक्त भएको जानकारी गराइने संघीय सचिवालयले जनाएकाे छ।

यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयबाट आयोगको कार्यअवधि थप गर्नेगरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा २ बमोजिम सदनसमक्ष प्रस्तुत गर्ने कार्यसूची रहेकाे छ।

यस्तै, प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेस गर्ने, सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २१३ को उपनियम १ बमोजिम १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित सांसदहरूको सूचना सभाको स्वीकृतिका लागि पेस गर्ने कार्यसूची रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *