काठमाडौं ! प्रतिनिधिसभा बैठक आज बुधवार पनि बस्दैछ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण प्रभावित हुँदै आएको बैठक दिउँसो १ बजे बोलाइएको छ ।
मंगलवार बसेको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणमा जवाफ दिएका थिए । गृहमन्त्री श्रेष्ठको जवाफ चित्त नबुझेकाले एमालेले अवरोध जारी राखेकाले कार्यसूची अगाडि बढ्न सकेको थिएन ।
सुन प्रकरणमा संसदीय छानबिन समितिको माग राख्दै एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएको छ ।