सत्तापक्षको हठका कारण संसद एक सातासम्म स्थगित : उच्चस्तरीय छानबिन समिति एमालेको बटमलाईन

काठमाडौं ! नेकपा एमालेले सुनकाण्डबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिती नबने संसद बैठक अवरुद्ध गर्ने चेतावनी दिएपछि मंगलवार बस्ने भनिएको प्रतिनिधि सभा बैठक बस्दै नबसी एक साताका लागि स्थगित भएको छ ।

संसद् सचिवालयका एक अधिकारीले साउन २२ गते सोमवार सम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिए । उनका अनुसार संसद् सचिवालयले बैठक स्थगित भएको सूचना जारी गरेको छ ।

उच्चस्तरीय छानबिन समिती बनाउन सरकार उदासिन बनेकै कारण प्रमुख प्रतिपक्षीले संसद अवरोध गर्ने चेतावनी दिदै आएको छ। संसदको गतिरोध अन्त्यका लागि आज बिहान सभामुख घिमिरेले प्रमुख दलका शिर्ष नेताहरुसँग पनि सम्बाद गरेका थिए तर सुनकाण्डको छानबिन गर्नका लागि सत्तापक्ष उच्चस्तरीय छानबिन समिती बनाउन तयार नभएपछि संसद बैठक एक सातासम्मका लागि स्थगित भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *