प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं !  प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ।  बैठक आज दिउँसो १ बजेदेखि सुरु हुनेछ।

संघीय संसद सचिवालयले बैठकका लागि सम्भावित ५ वटा कार्यसूची तय गरेको छ।

बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी निलम्बनमा परेको जानकारी गराउने कार्यसूची छ।

यसैगरी, सभामुख घिमिरेले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी छुट्टा-छुट्टै पत्रहरूको व्यहोरा पढेर सुनाउने संघीय सचिवालयले जनाएकाे छ।

यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मन्त्रिपरिषद्‌को निर्णयबाट आयोगको कार्यावधिक थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम सदनसमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ।

शिक्षा, विज्ञान तथा प्रविध मन्त्री अशोक कुमार राईले राष्ट्रिय सभामा उपत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक २०८०’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *