राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं ! राष्ट्रियसभा बैठक बस्दैछ । आजको बैठक बिहान १० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।

आज संघीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा विनियोजन विधेयक २०८० पारित हुने उल्लेख छ । बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *