राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं ! राष्ट्रियसभाको बैठक आइतबार बस्ने तय भएको छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा  बिहान ११ः३१ बजे बस्ने बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत रुपमा छलफल हुनेछ ।

जसअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रबिधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उर्जा मन्त्रालय, जलस्राेत तथा सिँचाइ मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय, श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाे बजेट माथि छलफल हुने संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको बजेट माथि पनि छलफल हुने जनाइएछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *