प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज सङ्घीय संसद् भवन, नयाँ वानेश्वरमा दिउँसो १ बजे बस्दैछ।

आकको बैठकमा सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार तीनवटा विधेयक प्रस्तुत हुनेछन् । जसअनुसार राष्ट्रियसभाबाट उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० प्रतिनिधिसभामा टेबुल हुनेछ ।

यसै गरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० पेस गर्नेछन् भने राष्ट्रियसभामा उत्पत्ति भएको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *