राष्ट्रिय सभाको बैठक बस्दै : प्रधानमन्त्रीले राजिनामा नदिएसम्म एमालेको अवरोध रहने

काठमाडौँ । राष्ट्रियसभा बैठक आज बस्दैछ । सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । यसअघि हिजो दिउँसो २ः३० बजे बोलाइएको बैठक आधा घण्टा स्थगित गरी ३ः०० बजेलाई बोलाइएको थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएसम्म संसद् चल्न नदिने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अडान कायम राखेका कारण  बैठक पनि सञ्चालन हुन नसकेपछि आजका लागि बैठक बोलाइएको हो ।

भारतले नेपालको प्रधानमन्त्री बनाउने आशयको अभिव्यक्ति दिएको भन्दै प्रतिपक्षी दलहरूले सदन अवरुद्ध गरेका थिए । प्रधानमन्त्री दाहालको सर्वत्र विरोध भैरहेको छ भने एमाले प्रधानमन्त्रीको तुरुन्त राजिनामा माग गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *