प्रतिनिधिसभाको बैठक आजपनि बस्दै : यस्तो छ संभावित कार्यसूचि

काठमाडौँ । सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा आजपनि बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दैछ ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले बजेटबारे सोधेको प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची रहेको जनाइएको छ।

आजको बैठकमै विनियोजन विधेयक २०८० को विभिन्न शीर्षकहरूमाथिको छलफल अन्तर्गत आज चार वटा मन्त्रालयसँग सम्बन्धित बजेटमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ । जसअनुसार संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालयले, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका बजेट शीर्षकमाथि छलफल हुने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *