प्रतिनिधि सभाको बैठक बस्दै : यस्तो छ आजका संभावित कार्यसूचि

काठमाडौं ! प्रतिनिधिसभाको बैठकमा आज पनि विनियोजन विधेयकबारे मन्त्रालयगत छलफल जारी रहने छ । बिहान ११ बजे बस्ने आजको बैठकमा शहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका शीर्षकमाथि छलफल हुनेछ ।

हिजोको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहित तीन मन्त्रालयमाथिका शीर्षकको छलफल सकिएको छ । बैठकमा सञ्चार मन्त्रालयका साथै परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालयका विनियोजन शीर्षकमाथि सांसद्हरूले आफ्ना धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *