प्रतिनिधि सभाको बैठक आजपनि बस्दै : यस्ता छन् कार्यसूची

काठमाडौं ! आजपनि प्रतिनिधि सभाको बैठक बस्दैछ। आजको बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्वको आयव्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहने सभामुख देवराज घिमिरेले जानकारी दिनुभयो।

सोमवारको बैठकमा प्रधानमन्त्रीको भारत भ्रमण र नागरिकता विधेयक प्रमाणीकरणको विषयमा छलफल सकेर बजेटमाथिको छलफल शुरू भएको थियो ।

बैठक बिहान ११ बजे संघिय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *