संसद संचालनको बाटो खुल्यो : भारतमा राष्ट्रहित विपरीत बोलेको बिषयमा प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं ! सभामुख घिमिरेले सदन संचालनको अवरोध हटाउन प्रमुख दलका प्रमुख सचेतक र सचेतकसँग परामर्श गर्नु भएको छ। उक्त परामर्शले सदन संचालन गर्न बाटो खुलेको जनाइएको छ।

सभामुख देवराज घिमिरे र सत्तासाझेदार दलका नेताहरूसँग सोमबार छलफलपश्चात् बैठक सञ्चालनमा सहमति जुटेको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचेतक पदम गिरीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूले उठाएको विषयमा आज संसद् बैठकमा जवाफ दिने सहमति भएको गिरीले बताउनु भयो ।

“हामीले उठाएको प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने सहमति भएपछि बैठक सञ्चालन हुन्छ,” उहाँले भन्नुभयो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *