संसदमा विपक्षी दलको आक्रामक प्रस्तुति : प्रतिनिधि सभा बैठक भोलीसम्मका लागि स्थगित

काठमाडौं । विपक्षी दलहरु नेकपा एमाले, रास्वपा र राप्रपाले ले अवरुद्ध गरेको प्रतिनिधिसभा बैठक सूचना टाँस गरि भोली सम्मका लागि स्थगित गरिएको छ ।

आज बिहान ११ बजे बसेको बैठकमा विपक्षीदलहरुले विरोध गरेपछि बैठक १ घण्टाका लागि सारिएको थियो । यो बीचमा पुन बैठक सञ्चालनको प्रयास सफल नभएपछि सूचना टाँस गरेर भोलि सोमबार बिहान ११ बजे जानकारी दिइएको छ ।

विपक्षी दलहरूले निष्क्रिय नागरिकता विधेयक प्रमाणीकरण गरेर असंवैधानिक काम गरेको, प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण विवादास्पद रहेको र अदालतको फैसलाको पूर्ण पाठ नआउँदै कैदीलाई आममाफी दिएको विषयमा विरोध जनाउँदै बैठक अवरुद्ध गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *