संसदीय सुनुवाई बिषेश समितिको बैठक सुरु , सभामुख र अध्यक्षद्वारा बैठकलाई सम्बोधन

काठमाडौं ! संसदीय सुनुवाई बिषेश समितिको पहिलो बैठक सिंहदरबारमा शुरु भएको छ ।
समितिका जेष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा बैठक सुरु भएको हो ।
बैठकलाई सभामुख देबराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सम्बोधन गर्नुभएको छ ।
सभामुख घिमिरेले समितिमा अनुभव प्राप्त सदस्यहरु रहेका कारण यसले आफ्नो जिम्बेवारी कुशलतापूर्वक निर्वाह गर्ने बिश्वास ब्यक्त गर्नुभयो । प्रधानन्यायधीश नियुक्ती लगायतका कामहरुको सुनुवाई छिटो गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाई थियो ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सम्बैधानिक परिषदबाट आउने कतिपय सिफारिसलाई पनि गहन छलफल गरेर समितिले सच्याउन सक्ने गरि समितिले काम गर्ने बिश्वास ब्यक्त गर्नुभयो । उहाँले सिफारिस भएर आएका ब्यक्तिका बारेमा समितिमा नागरिकबाट आएका गुनासोलाई गम्भीरतापूर्वक लिन र दलको निर्देशन भन्दा पनि आफुँले स्वतन्त्रपुर्वक निर्णय गर्न समितिलाई आग्रह पनि गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *