संसदीय सुनुवाइ विशेष समिति गठन

काठमाडौं ! संसदीय सुनुवाइ विशेष समिति गठन भएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले संसदीय सुनुवाइ विशेष समितिमा रहने सदस्यहरूको नाम पढेर सुनाएका हुन् ।

संसदीय सुनुवाइ समितिमा कांग्रेसबाट रमेश लेखक, इश्वरीदेवी न्यौपाने, जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्की परेका छन् । यसैगरी, एमालेबाट पदम गिरी, महेशकुमार बर्तौला, लिलानाथ श्रेष्ठ र इश्वरी जीएम संसदीय सुनुवाइ समितिमा परेका छन् ।

यस्तै, माओवादी केन्द्रबाट जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पशुपति शम्शेर जबरा, जनता समाजवादी पार्टीबाट प्रकाश अधिकारी पनि परेका छन् ।

१५ सदस्यीय समितिमा राष्ट्रियसभाबाट कांग्रेसका रमेशजङ्ग रायमाझी, एमालेका देवेन्द्र दाहाल र माओवादी केन्द्रका जगप्रसाद शर्मा गत वैशाख १३ नै मनोनीत भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *