प्रतिनिधि सभाको बैठक बस्दै : आजपनि प्रमुख प्रतिपक्षी आक्रामक बन्ने संकेत

काठमाडौँ ।  प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । सङ्घीय संसद् भवनमा आज दिउँसो ४ बजे बैठक बस्नेछ ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा एमालेले अवरोध गरेपछि आजको लागि बैठक बोलाइएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची तय भएको छ ।

शुक्रबार एमालेका सांसदले बैठकको प्रारम्भमै आसनबाट उभिएर पशुपतिनाथ मन्दिरमा लगाइएको जलहरी सुन कि पित्तल भन्ने सरकारले स्पष्ट जवाफ नदिएसम्म सदन अघि बढ्न नदिने भन्दै बैठक अवरुद्ध गरेका थिए ।

सत्तापक्ष एवं माओवादी केन्द्रका सांसद राजन दाहालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा पशुपतिनाथ मन्दिरमा जहलरी सुनको सट्टा पित्तल लगाएको गम्भीर आरोप लगाएका थिए। उनको त्यो आरोप पुष्टि गर्न एमालेले सरकारलाई चुनौती दिएको छ र आरोप पुष्टि नहुँदासम्म संसद चल्न नदिने नीति लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *