आजपनि प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं ! सरकारको नीति तथा कार्यक्रममाथि आज पनि सदनमा छलफल जारी रहने भएको छ ।

गत ५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने भएको हो । बैठक बिहान ११ बजे बस्नेछ ।

आइतबारदेखि नीति तथा कार्यक्रममाथि सदनमा छलफल चलिरहेको छ । छलफलमा भाग लिने सत्तापक्षका सांसदहरूले नीति तथा कार्यक्रमको प्रशंसा गरिरहेका छन् भने विपक्षी सांसदहरूले आलोचना ।

एमालेले त यो नीति तथा कार्यक्रम पास हुनै नदिने घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *