प्रतिनिधि सभाको बैठक आजपनि : नीति तथा कार्यक्रममा छलफल हुने

काठमाडौं ! राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरूले आफ्ना धारणा आजपनि राख्नेछन। प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेबाट सुरु हुँदैछ।

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथिको छलफलको प्रस्ताव प्रस्तुत गरेलगत्तै प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले धारणा राखेका थिए।

उनले सरकारको नीति कार्यक्रम गतिहीन दस्तावेजको संज्ञा दिँदै पुनःलेखन गर्न सुझाव दिएका थिए।

नीति तथा कार्यक्रममाथि आइतबारदेखि छलफल सुरू भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *