ईहाजिरी सुरु गर्नेबारे प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल

काठमाडौं ! प्रतिनिधि सभा बैठकमा माननीय सदस्यहरुको डिजिटल उपस्थिति (ईहाजिरी) सुरु गर्नेबारे कार्यव्यवस्था परामर्श समितिको बैठकमा आज छलफल भएको छ । ईहाजिरी सुरु गर्ने र सभाका सदस्यरुको उपस्थिति वेबसाइटमार्फत सार्वजनिक गर्नेबारे भएको छलफलमा सभामुखले भन्नुभयो– ”संसदमा माननीयहरुको उपस्थिति कमजोर भएको छ । सांसद तलब भत्ता खान मात्र बैठकमा आउँछन् भन्ने आम बुझाइ छ । दल तथा माननीयज्यूहरुलाई बैठकमा नियमित र प्रभावकारी उपस्थितिका लागि ध्यानाकर्षण गराउँदछु । संसद सचिवालयलाई ईहाजिरीको तयारी गर्न, राष्ट्रिय सभाको अनुभवबारे अध्ययन गर्न निर्देश गर्दछु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *