संघीय संसदका दुवै सदनको हिउँदे अधिवेशन अन्त्य

काठमाडौँ ! संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य भएको छ।

कार्यवाहक राष्ट्रपति रामसाहायप्रसाद यादवले मन्त्रिपरिषद्को सिफारिसअनुसार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन्।

जेठ १५ गतेसम्म बजेट ल्याउनुपर्ने भएकाले चालू अधिवेशन अन्त्य गरेर बजेट अधिवेशनमा जुट्न हिउँदे अधिवेशन अन्त्य गरिएको हो।

बजेट अधिवेशन वैशाख अन्तिममा बोलाउने तयारी सरकारले गरेको छ। बजेट ल्याउनुभन्दा १५ दिनअघि प्रिबजेटमाथि छलफल सक्नुपर्ने भएकाले वैशाख अन्तिममा बजेट अधिवेशन आह्वान हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *