प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन (नामावलीसहित)

काठमाडौं । प्रतिनिधि सभाले विभिन्न १० वटा विषयगत समिति गठन गरेको छ। शुक्रबार प्रतिनिधि सभामा १० समिति गठन भए पनि समितिको सभापति भने चयन गर्न बाँकी रहेको छ ।

नियमावली अनुसार पहिलो बैठक बसेको पन्ध्र दिनभित्र समिति सभापति चयन हुनेछ । र, उक्त समयसम्म समितिको नेतृत्व जेष्ठ सदस्यले गर्नेछ ।

गठन गरिएको समितिअन्तर्गत अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समिति रहेका छन् ।

अर्थ समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट तनहुँ क्षेत्र नं. २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका स्वर्णिम वाग्लेसहित २५ जनाको टिम रहेको छ । यस्तै, चितवन २ को उपनिर्वाचनबाट सांसद बनेका रास्वपा सभापति रवि लामिछाने राज्य व्यवस्था तथा सुशासन समितिमा अटाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *