प्रतिनिधि सभाको बैठक बस्दै : यस्ता छन् आजका एजेन्डाहरु

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दैछ  । दिउँसो १ बजे बस्ने आजको बैठकमा पनि संवैधानिक परिषद्सम्बन्धी विधेयकमाथि छलफल नहुने जनाइएको छ । प्रमुख राजनैतिक दलहरुबीच सहमति नजुट्दा उक्त विधेयक अघि बढ्न सकेको छैन।

आजको बैठकमा सङ्घीय संसद् अन्तर्गतका संयुक्त तथा प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिका सदस्यहरूको नाम मनोनयन हुने जनाइएको छ । आज सांसदले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा संसदीय समितिमा सदस्य मनोनयन मात्रै हुने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *