प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौँ । आज संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे शुरु हुनेछ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन (आ.व. २०७८ ०७९) पेस गर्ने कार्यसूची छ ।

यस्तै प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूती समेत रहेको छ । उक्त मस्यौदा प्रतिवेदनमाथि प्राप्त संशोधनहरुलाई क्रमशः निर्णयार्थ पस्तुत गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *