प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं – संघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७८र०७९० पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

संसद् सचिवालयका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अभिलेख संरक्षण पहिलो संशोधन विधेयक, २०७७ संसदमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *