प्रतिनिधि सभा बैठक बस्दै : यस्ता छन् एजेन्डाहरु

काठमाडौँ । प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक अपराह्न १ बजे नयाँवानेश्वर स्थित संसद् भवनमा बस्दैछ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ ।

त्यसैगरी बैठकमा सम्पत्ति शुद्धीकरण संशोधन विधेयकलगायतमा छलफल हुनेछ । सो विधेयकमाथि संशोधन हाल्न दिइएको ७२ घण्टाको समय सीमा आज सकिँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *