आज प्रतिनिधि सभाको बैठक बस्दै : यस्ता छन् कार्यसूचि

काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । संसद सचिवालयका अनुसार बैठक विहान ११ बजेबाट संसद भवन नयाँ वानेश्वरमा बस्नेछ ।

बैठकको सम्भावित कार्यसूचीमा सांसद प्रेम सुवालले ‘सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानले ‘सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रद्र्धनन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ पेस गर्ने विषय रहेका छन् ।

त्यस्तैगरी कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७८ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने पनि सम्भावित कार्यसूचीमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *