प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचन आज हुँदै

काठमाडौं ! प्रतिनिधि सभाको उपसभामुख पदका लागि शनिबार निर्वाचन हुँदैछ । यस पदका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।

शुक्रबार अपरान्ह चार बजेसम्म उम्मेदवारी दर्ताका लागि तोकिएको समयसीमामा दुई जनाको उम्मेदवारी परेको थियो । संघीय संसद् सचिवालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले उम्मेदवारी दर्ता गरेका हुन् । रानाको प्रस्तावक सोविता गौतम र समर्थक एमालेका कृष्णगोपाल श्रेष्ठ, नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *