प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ । मंसिर ४ गते सम्पन्न आम निर्वाचन पछि निर्वाचित सांसदहरुको पहिलो बैठक बस्न लागेको हो ।  राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको पहिलो अविवेशन पुस २५ अर्थात आजका लागि आह्वान गरेकी थिइन् । बैठक दिउँसो १ बजेबाट सुरु हुनेछ ।

आजको बैठकको अध्यक्षका रुपमा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणा रहने छन् । बैठकको प्रारम्भमा संसद अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपति कार्यालयद्वारा पठाइएको प्राप्त पत्र पढेर सुनाइने तालिका छ ।

त्यस्तै राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्ति र मन्त्रिरिषद गठनबारे संसदलाई जानकारी गराएको पत्र पढेर सुनाइने छ ।

बैठकमा शोक प्रस्तावको समेत कार्यसूची तय भएको छ । संविधानसभाका सदस्य बालकृष्ण ढुंगेल र झुलबहादुर आले र प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका पूर्वसदस्य मैयादेवी श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित हुने जनाइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विभिन्न पार्टीका शीर्ष नेताहरुले शुभकामनासहित आफ्नो धारणा राख्ने पनि कार्यसुची रहेको छ । संसदको संसद अधिवेशनको पहिलो दिन शुभकामना दिने कार्यक्रम विगतकै प्रचलन हो ।

आजको बैठकपछि भोलि अर्थात पुस २६ गते नै प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत लिँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *