२५ जना नवनिर्वाचित सांसदले आज आफ्नो मातृभाषामा शपथ लिदै

काठमाडौं ! नवनिर्वाचित प्रतिनिधिसभाका २७४ जना सांसदले आज शपथ लिँदैछन् । सोमध्ये २५  जनाले आफ्नै मातृभाषामा शपथ लिने तयारी गरेको संघीय संसद सचिवालयले जनाएको छ । कुल २७५ सांसद मध्ये पशुपतिशमशेर जवराले ज्येष्ठ सदस्यको हैसियतले हिजो नै शपथ लिएकाले आज बाँकी सांसदलाई उनले शपथ दिलाउने छन् । नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजे आज शपथ कार्यक्रम तय गरिएको भएपनि सांसदहरुलाई ११ बजे नै उपस्थितिका लागि सूचना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *