प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपतिशमशेर जबराले लिए शपथ

काठमाडौं ! प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपतिशमशेर जबराले राष्ट्रपति विद्या भण्डारीसँग शपथ लिएका छन् । बिहीवार प्रतिनिधि सभाका सदस्यहरूलाई शपथ गराउन लागेका जबराले बुधवार राष्ट्रपतिबाट शपथ लिएका हुन् ।

राष्ट्रपतिबाट शपथ लिएपछि सभामुखको निर्वाचन अघिका बैठकको अध्यक्षता पनि उनले गर्नेछन् । राप्रपाको समानुपातिक सांसद रहेका जबरा प्रतिनिधि सभाका जेष्ठ सदस्य हुन् । नवनिर्वाचित सदस्यहरूको शपथ बिहीवार दिउँसो १ बजे हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *