आजको प्रतिनिधि सभा बैठक स्थगित : अर्को बैठक बुधबार बस्ने

काठमाडौं ! आज दिउसो एक बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । संसद् सचिवालयले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको हो ।

अर्को बैठक २०७९ साल भदौ २९ गते बुधबार बिहान ११ :०० बजे बस्ने संसद् सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।  निर्वाचनको मिति नजिकिँदै जाँदा सांसदहरु जिल्ला जिल्लामा पुगेका कारण संसदमा कोरम पुग्न कठिन छ। त्यसैलाई मध्यनजर गरेर पनि आजको बैठक स्थगन गरि आगामी बुधबारलाई सारिएको जानकारहरु को विश्लेषण छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *