प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

आज बस्ने प्रतिनिधिसभा बैठकमा बेपत्ता पारिएका ब्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग बिद्येयकलाई बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।

यसैगरी, राष्टपतिले प्रमाणिकरण गरेर पठाएको पत्रको ब्योहोरा पढेर सुनाइने प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *