सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ प्रतिनिधिसभाबाट पारित

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ प्रतिनिधिसभाबाट पारित भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले निर्णयार्थ पेश गरेका सो विधेयक बहुमतले पारित भएको हो ।

यसअघि श्रावण २९ गते आइतबार गणपुरक संख्या नपुगेकाले प्रतिनिधिसभाबाट सो विधेयक अगाडि बढ्न सकेको थिएन । सार्वजनिक वित्त व्यवस्थापन गर्न र वित्तीय तथा मौद्रिक नीतिबीच सामञ्जस्यता कायम गर्दै आन्तरिक तथा बाह्य ऋणको व्यवस्थापन गर्न ऋण तथा जमानतसम्बन्धी कानूनी व्यवस्थालाई संशोधन र एकीकरण गरी समयानुकूल बनाउन सो विधेयक ल्याइएको थियो ।

सभामुख अग्नीप्रसाद सापकोटाले सो विधेयक प्रमाणित हुने वित्तिकै लागू हुने जानकारी समेत दिए । अब यो विधेयक राष्ट्रियसभामा जानेछ । र, त्यहाँबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कानूनको रुपमा लागू हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *