निलम्बित प्रधानन्यायाधीश जबरा विरुद्धको महाअभियोगमा आजबाट छलफल हुँदै

काठमाडौं । आज प्रतिनिधिसभको बैठक बस्ने भएको छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा ११ बजेबाट बस्ने संसद सचिवालयले निकालेको सुचनामा जनाइएको छ ।

आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाअभियोगबारे छलफलसहित सम्भावित ४ कार्यसूची तोकिएको छ ।

संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीको पहिलो नम्बरमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विद्येयक प्रमाणिकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, दोस्रोमा पशु स्वास्थ्य तथा पशु सेवा परिषद विद्येयक सम्बन्धि समितिको प्रतिवेदन २०७९ पेश गर्ने तालिका रहेको छ ।

त्यस्तैगरी तेस्रो नम्बरमा प्रधानमन्त्री शेरबहादुर देउवाले महालेखा परीक्षाको ५९औँ वार्षिक प्रतिवेदन २०७९ पेश गर्ने तालिका रहेको छ ।

उता प्रधानन्यायाधीश जबराबिरुद्धको महाभियोगबारे भने “०७८ फागुन २९ गतेको बैठकमा देवप्रसाद गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (१) बमोजिम प्रस्तुत गर्नुभएको प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने छ,” सम्भावित कार्यसूचीमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *