राष्ट्रिय सभाबाट नागरिकता विधेयक बहुमतले पारित

काठमाण्डौ ! राष्ट्रिय सभाबाट नागरिकता ऐनको संशोधन विधेयक पारित भएको छ । आज बिहीवार बसेको राष्ट्रिय सभाको दोस्रो बैठकले प्रतिनिधि सभाबाट पारित भएर आएको ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९’ बहुमतले पारित गरेको हो ।

राष्ट्रिय सभामा भएको छलफलपछि गृहमन्त्री बालकृष्ण खाणले सांसहरूको प्रश्नको जवाफ दिएपछि बैठकले विधेयक बहुमतले पारित गरेको हो । यसअघि साउन ६ गते शुक्रवार प्रतिनिधि सभाले यो विधेयक पारित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *