प्रतिनिधि सभाबाट योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक पारित

काठमाडौँ – योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ। मंगलबार बसेको बैठकले उक्त विधेयक सर्वसम्मतिले पारित गरेको हो।
बैठकमा शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको विधेयक प्रस्तुत गरिएको थियो। उक्त विधेयकलाई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रतिनिधिसभामा प्रस्तुत गरेका थिए।

विधेयकमा अरुण उपत्यकामा योगमाया आयुर्वेदिक विश्वविद्यालय स्थापना गर्ने उल्लेख छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको ‘योगमाया आयुर्वेदिक विश्वविद्यालय विधेयक २०७६’ मा आयुर्वेदिक विश्वविद्यालयको केन्द्रीय कार्यालय अरुण उपत्यकामा रहने भनिएको छ।
अरुण उपत्यकाको कुन ठाउँमा विश्वविद्यालय रहने भन्ने विषय भने राजपत्रका प्रकाशित सूचनाअनुसार हुने उल्लेख गरिएको छ।
आयुर्वेद विज्ञानसम्बन्धी अध्ययन, अध्यापन र अनुसन्धान प्रविधिलाई व्यापक व्यवहारिक र व्यावसायिक बनाउने उद्देश्यका साथ आयुर्वेदिक विश्वविद्यालय स्थापना गर्न लागिएको शिक्षा मन्त्रालयले जनाएको छ।
यो विधेयक पारित भएसँगै प्रतिनिधिसभाको आजको बैठक सकिएको छ। आगामी बैठक आउँदो साउन १३ गते शुक्रबार बस्ने सभामुख अग्नीप्रसाद सापकोटाले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *