आज प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (बिहीबारं) बस्दै छ । संसद सचिवालयले बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजेका लागि बैठक तय भएको जनाएको छ ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन, २०७८’ पेस गर्ने कार्यसूची रहेको छ ।

यस्तै सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त अध्यादेश खारेजसम्बन्धीको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *