एमालेको विरोधका बाबजुद सत्तापक्षले पेलेरै पास गर्‍यो विवादास्पद नागरिकता विधेयक

काठमाडौं । नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । शुक्रबार दिनभर छलफलपछि प्रतिनिधिसभाले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक बहुमतले पारित भएको हो ।

नागरिकता विधेयकको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी थिए । नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीले भने नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई तत्काल नागरिकता दिन नहुने भन्दै विधेयकको विरोध गरेको थियो। खासगरी एमालेले संशोधन नगरी पास गर्न नहुने अडान लिएको थियो तर सत्तापक्षले पेलेरै बहुमतले पास गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *