नागरिकता विधेयक आज निर्णयार्थ संसदमा पेश गरिंदै

काठमाडौँ ! प्रतिनिधिसभाको आजको बैठकमा नागरिकता विधेयक निर्णयार्थ प्रस्तुत हुँदैछ । संसद् सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा नागरिकता विधेयकमाथि छलफल र पारित गर्नका लागि गृहमन्त्री बालकृष्ण खाँणले प्रस्ताव पेस गर्ने कार्यसुची रहेको छ ।

सरकारले पेश गरेको ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक,२०७९’ छलफलमा छ । आजै विधेयकमाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

गृहमन्त्रीले नै उक्त विधेयकलाई पारित गरियोस् भन्दै संसद्‌मा प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जनाउनु भएको छ । उहाँले निर्णायार्थ प्रस्तुत गरिएपछि संसदमा उपस्थित प्रतिनिधिसभाको बहुमतले उक्त विधेयक पास गर्ने लक्ष्य छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *