प्रतिनिधिसभा उपसभामुख पदको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै

काठमाडौं ! प्रतिनिधि सभाको उपसभामुखको  निर्वाचनका लागि आज  मनोनयन दर्ता हुने भएको छ । मनोनयनका लागि आज बिहान ११ बजेदेखि १ बजेसम्मको लागि समय तोकिएको छ ।

उम्मेदवारको सूची पनि आजै प्रकाशन गर्ने कार्यसूची रहेको छ । मतदान शुक्रबार दिउँसो ३ बजेदेखि सुरु हुने संसद् सचिवालयले प्रकाशित गरेको कार्यसूचीमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *